|

काठमाडौं : लागुऔषध एम्पुल ट्याबलेटसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्सा वीरगंज महानगरपालिका- २२ विन्दवासिनीका राजनन्दन यादव र सर्लाही पर्सा गाउँपालिका- २ संग्रामपुरका मुकेशकुमार साह रहेका छन्।

उनीहरुलाई महानगरीय प्रहरी वृत्त कमलपोखरीले विशेष सूचनाको आधारमा काठमाडौंको रत्नपार्कबाट पक्राउ गरेको हो। उनीहरूको साथबाट प्रहरीले नोफिन एक हजार ३०० थान फेनार्गन २०० थान डाइजालेब ५०० थान र अन्य अवैध लागुऔषध एक हजार ३०० थान बरामद गरेको छ। उनीहरूबारे थप अनुसन्धान भइरहेको महनगरीय प्रहरी परिसर काठमाडौं प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहन थापाले जानकारी दिए।

त्यस्तै, प्रहरीले प्रतिबन्धित औषधिको कारोवार गर्ने एक जना व्यापारीलाई समेत पक्राउ गरेको छ। पक्राउ पर्नेमा कुलेश्वरमा रहेको रौतहट औषधि पसलका संचालक रामदेव साह रहेका छन्। उनले चिकित्सकको अनुमतिविना प्रतिबन्धित औषधिहरू बेच्ने गरेको भन्दै महानगरीय प्रहरी वृत्त कालीमाटीले पक्राउ गरेहको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.