|

काठमाडौं : कलंकी मयलबारीस्थित होटलमा यौनधन्दा संचालन गरेको अभियोगका होटल संचाकलसहित सात जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा होटल संचालक रामेछाप बाम्ती भण्डारका बिक्रम खड्का, कञ्चनपुर बेलडाँडीकी रश्मी न्यौपाने, सिन्धुली भिमानकि सरिता कार्की, भारत दिल्ली घर भई हाल कुलेश्वर बस्ने अंकित रेकवार, धादिङ्ग खाल्टेका आकाश मगर, दोलखा सुनखानी गाउँपालिकाका प्रविन कार्की र दोखला भिमेश्वर नगरपालिका वडानम्बर ३ का जनक थापा रहेका छन्।

होटल संचाक खड्का र जनक थापाले होटलको नाम समेत नराखी यौनधन्दा चलाउने गरेको प्रहरीको भनाई छ। उनीहरुलाई महानगरीय प्रहरी वृत्त कालीमाटीले पक्राउ गरेको हो। पक्राउ पर्ने छ जना होटबाटै पक्राउ परेको हुन् भने जनक थापा पक्राउ परेकोहरुलाई छुटाउन घुस रमक दिन खोज्दा पक्राउ परेरका हुन्। उनले कालिमाटीमा कार्यरतर प्रहरी हल्दार कुमार राउतलाई दश हजार घुस दिन खोज्दा पक्राउ परेका हुन्। उनीहरुबारे थप अनुसन्धान भइरहेको कालीमाटी प्रहरी जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.