|

दिल्लीको फिरोज शाह कोटला मैदानमा जारी आइपिएलमा नेपालका सन्दीप लामिछानेले पहिलो ओभरमै विकेट लिएका छन्। ओपनिङ बलिङ गरेका सन्दीपले सूर्यकुमार यादवको विकेट लिएका हुन्। 

दिल्ली डेयरडेभिल्सले मुम्बर्इविरुद्ध पहिलो ओभरमै सन्दीपलार्इ बलिङ दिएको थियो। आजको खेलमा निकै आक्रामक सुरुवात गरेका सूर्यकुमारले सन्दीपका ३ बलमा १२ रन लिएका थिए। सन्दीपको पहिलो बलमै सूर्यकुमारले चौका र दोस्रो बलमा छक्का प्रहार गरे।

तेस्रो बलमा २ रन लिएका सूर्यकुमारलार्इ सन्दीपले चौथो बलमा इशान किसनको हातबाट क्याच आउट गराए। यो सन्दीपको आइपिएलमा तेस्रो विकेट हो। आइपिएल क्रिकेट २०१८ को सन्दीपको अन्तिम खेल हो।

सन्दीपले यसअघि अघिल्लो शनिबार दिल्लीकै फिरोज शाह कोटला मैदानमा रोयल च्यालेन्जर्स बेङलोरविरुद्ध ‘डेब्यु’ गरेका थिए। उनले सो क्रममा ४ ओभरमा २५ रन मात्र खर्चेर भारतको प्रतिनिधित्व गरिसकेका पार्थिव पटेलको विकेट लिएपछि विश्वव्यापी चर्चा बटुलेका थिए। यद्यपि, दिल्लीले उक्त खेल हारेको थियो।

शुक्रबार मात्र उनले महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्सविरुद्ध ४ ओभरमा २१ रन खर्चेर सुरेश रैनाको विकेट लिएका थिए। आइपिएल खेल्ने सन्दीप पहिलो नेपाली खेलाडी हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.