|

सल्यान : सल्यानमा आइतबार दिउँसो बस दुर्घटना हुँदा चालक र सहचालकसहित ४४ जना घाइते भएका छन्। चारजनाको अवस्था गम्भीर रहेको छ। 

रुकुमको चौहरजारिबाट नेपालगञ्जका लागि छुटेको ना३ ख ७८७२ नम्बरको बागेश्वरी यातायातको वस सल्यानको बन्गाडकुपिण्डे नगरपालिका –१ अम्रामा दुर्घटना भएको प्रहरीले जनाएको छ। सडकबाट करिब ७० मीटर तल भेरी नदीको किनारमा खसेको प्रहरीको भनाइ छ।

घाइते भएकाहरूमध्ये केहीकोे स्थानीय मेडिकलमा र अन्य केहीलाई नेपालगन्ज रिफर गरिएको प्रहरीले जानकारी दिएको छ। गाडीको टाईराईड नामको ईन्जनमा खराबी आएपछि गाडी दुर्घटना भएको प्रहरीको भनाइ छ। 

दुर्घटनामा मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय देवस्थलले जनाएको छ। गाडी चालक अन्दाजी ४२ वर्षीय मोहन विक लाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटना बारे थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.