|

इन्डियन प्रिमियर लिग आइपिएलमा नेपाली बलर सन्दिप लामिछानेले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएका छन्।

मुम्बइविरुद्धको आइतबार जारी खेलमा सन्दीपले ३ विकेट लिएका हुन्।

सुरुमै बलिङको मौका पाएका सन्दीपले आइपिएलमा जमेका भारतीय ब्याटम्यान सूर्यकुमार यादवलाई पहिलो ओभरको चौथो बलमै पवेलियन फर्काएका हुन्। त्यसपछि दशौं ओभरमा आएका सन्दीपले किरण पोलार्ड र कुनल पाण्डेलाई आउट गरे। 

सन्दीपले आएट गरेका तीनै जना खेलाडीको आइपिएल प्रदर्शन राम्रो छ।

सन्दीप रहेको देल्ली आइपिएलको अघिल्लो चरणबाट बाहिरिइसकेको छ भने अघिल्लो चरणमा जान मुम्बइले खेल जित्नै पर्ने हुन्छ।

यो खेल मुम्बइले जितेमा रनरेटको आधारमा मुम्बइको अघिल्लो चरण पुग्ने संभावना बलियो छ। रनरेटमा समान अंक भएका टिमभन्दा मुम्बइ अगाडि छ।

मुम्बइले खेल जिते पनि आइतबारकै अर्को खेलमा चेन्नइलाई पञ्जावले एकदमै फराकिलो हार चखाएमात्र मुम्बइको यात्रा रोकिन सक्छ। त्यो गणितीय संभावना भने एकदम कम छ। त्यस्तो भइहालेमा गणितीय आधारमा पञ्जाव र राजस्थानमध्ये एक प्लेअफमा पुग्ने छन्।

मुम्बइको पनि हार र पञ्जावको पनि हाल भएमा राजस्थानका लागि अघिल्लो चरणको ढोका खुल्नेछ।

मुम्बइ र पञ्जावको समान १२/१२ अंक छ। राजस्थानका १४ अंक छ।

यसअघि नै हैदरावाद, चेन्नइ र कोलकता अघिल्लो चरण पुगिसकेका छन् भने देल्ली र बैंलोर प्रतिस्पर्धाबाट बाहिरिइसकेका छन्।

जारी खेलमा देल्लीले सुरुमा ब्याटिङ गरेर मुम्बइलाई १७५ रनको चुनौती दिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.