|

सोलुखुम्बु/मुस्ताङ : सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ मा ट्रेकिङ भरियाको लेक लागेर मृत्यु भएको छ। सोलुदूधकुण्ड नगरपालिका १० टाप्टिङका २९ वर्षीया पेमारिञ्ज शेर्पाको लेक लागेर आइतबार बिहान मुत्यु भएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ। 

मेरापिकको खोर भन्ने स्थानमा मृत्यु भएका शेर्पाको शव हेलिकप्टरबाट उद्धार गरी तेन्जिङ हिलारी विमान स्थल लुक्ला पुर्‍याइ आवश्यक कानुनी प्रकृया पूरा गरिएको प्रहरी निरीक्षक एव्म सूचना अधिकारी प्रद्युम्न अधिकारीले जानकारी दिए।

यसैबीच महाकुलुङ गाउपालिका– १ कोठेमा अर्का एक जनाको लेक लागेर ज्यान गएको छ। ईटहरी उपमहानगरपालिका–२ का ३८ वर्षीया डिल्ली प्रसाद पौडेलको लेक लागेर शनिबार ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक तथा सुचना अधिकारी प्रद्युम्न अधिकारीले जानकारी दिए। 

विरामीलाई उद्धार गर्न आएको हेलिकप्टर मौसम प्रतिकुलताका कारण अवतरण हुन नसक्दा पौडेलको ज्यान गएको प्रहरीले जनाएको छ। पौडेल सिंह बाहिनी बर्कसर्प एण्ड ईन्जिनियरिङ ईटहरीबाट पेल्ट्रिकसेट मर्मत गर्न सोलुखुम्बुको महाकुलुङ आएको बुझिएको छ।

मुस्ताङमा तीर्थयात्रीको मृत्य

यसैगरी, हिमालपारीको जिल्ला मुस्ताङमा रहेको धार्मिक तथा ऐतिहासिक मुक्तिनाथ मन्दिर दर्शनका गर्नका लागि पुगेका एक जना भारतीय तिर्थयात्रीको लेक लागेर मृत्यु भएको छ। 

आइतबार बिहान ९ बजेको समयमा मुक्तिनाथ दर्शन गर्न जोमसोमबाट जाँदै गर्दा भारतीय नागरिक श्रीवाचनको मृत्यु भएको  मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिए। 

भारतको आन्द्र प्रदेश एवि गुन्टुक घर भएका श्रीवाचन लेक लागेर बाटैमा ढलेपछि उपचारका क्रममा जोमसोम जिल्ला अस्पतालले उनलाई मृत घोषित गरेको हो।  ४५ बर्षिय श्रीवाचनको सव आफन्तलाई जिम्मा लगाइ  सकिएको छ।

मुस्ताङमा अवस्थित मुक्तिनाथ मन्दिर समुन्द्र सतहदेखि करिव तीन हजार ८०० मिटरको उचाइमा अवस्थित छ। त्यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटक एवं कतिपय तीर्थयात्रीहरू हावापानी सहन नसकेपछि विरामी हुने गर्दछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.