|

सुर्खेत : कर्णाली प्रदेश मन्त्रिपरिषदको आज (आइतबार) बसेको बैठकले प्रदेश सरकारले निर्माण गर्नुपर्ने आवश्यक कानुनको मस्यौदा तयारीमा सहयोग पुर्‍याउनका लागि यथासीघ्र प्रादेशिक कानुन आयोग गठन गर्ने निर्णय गरेको छ।

बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीको नेतृत्वमा कर्णाली प्रदेशको आर्थिक, सामाजिक विकास मार्गचित्र २०७५ परिस्कृत गर्न छुट्टै समिति समेत गठन गरेकाे छ। साे नव गठित समितिमा सामाजिक विकास मन्त्री दल रावल,मुख्यमन्त्री कार्यालयका सचिव र सवै मन्त्रालयका सचिवहरूलाई समेत समेटेर  जिम्मेवारी दिने समेत निर्णय गरेको सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री तथा सरकारकी प्रवक्ता बिमला केसीले जानकारी दिइन्।

यसैगरी बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई लागुऔषध नियन्त्रणसम्वन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको छ। त्यस्तै कर्णाली प्रदेश विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्वन्धी विधेयक २०७५ तर्जुमाका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको प्रवक्ता केसीले बताइन्।

विनियोजन विधेयक २०७५ प्रदेश सभामा पेश गर्नुपूर्व बजेटका सिद्धान्त, उद्देश्य, प्राथमिकता र नीतिहरू आवश्यक परिमार्जनसहित पूर्व बजेट छलफलका रुपमा पेश गर्न आर्थिक मामिला तथा योजना मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको मन्त्री केसीको भनाई छ। 

हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिकाको वामनखर्कमा यही जेष्ठ दुईगते मकालु एयरको जहाज दुर्घटनामा निधन भएका चालक किरण भट्टराई र सहचालक आदित्य नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको पनि मन्त्री केसीले जानकारी दिइन्। चालकहरूले कर्णाली प्रदेशको पुर्‍याएको योगदानको कदर गर्न आवश्यक व्यवस्थाका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.