|

काठमाडौं : चितवनको खैरेनी नगपालिका–३ मा रहेको सैनिक आवासीय महाविद्यालयमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी श्रीनव लामिछानेमाथि हत्या गर्ने प्रयास भएको भन्दै पीडित परिवारले सत्य तथ्य बाहिर आउनुपर्ने माग गरेको छ।

केन्द्रीय राजधानी काठमाडौंमा पीडित परिवारले पत्रकार सम्मेलन गरेर लामिछानेलाई गत वैशाख २८ गते राति ३ बजे सोही स्कुलमा पढ्ने कृष थापा, रिवाज रेग्मी र अनिश श्रेष्ठले कुपिट गर्दै ज्यान लिनेसम्मका अपराधिक क्रियाकलाप गरेको भन्दै उक्त घट्नाका बारेमा प्रशासन बेखबर रहेको समेत आरोप लगाएको छ। 

श्रीनवकी आमा सृजना लामिछानेले दोषीलाई कारबाहीको माग गरेकी छन्। उनले भनिन्, ‘हामीले भरोसा गरेको स्कुलमा यस्ता घट्नाहरु हुनु स्वभाविक रुपमा लिन सकिँदैन, यस विषयमा प्रशासन पनि बोलेको छैन्, सैनिक महाविद्यालयले पनि कुनै जवाफ दिएको छैन्।’

उनले अघि थपिन्,‘यस्ता तमाम घट्नाहरु लुकाउने काम विद्यालयले गरेको छ, समूह बनाएर मान्छे मार्नेजस्तो अपराधिक कार्यमा संलग्न विद्यार्थीहरुलाई कानून बमोजिम कारबाही गर्न सरकारसँग माँग गर्दछु।’

पत्रकार सम्मेलनमा पीडित लामिछानेकी काकी स्वीकृति पौडेलले उक्त घट्नालाई गुपचुप राख्नको लागि सैनिक महाविद्यालय र राजनीतिक शक्तिहरू लागेको खुलासा गरेकी छन्। उनले भनिन्, ‘यस्तो अपराधिक कार्यलाई गोप्य राख्नको लागि चितवनका राजनीतिककर्मी र सैनिक महाविद्यालय लागि रहेको छ, यस कार्यले हाम्रो जीवनको सुरक्षाको विषय कति भत्केको छ भन्ने थाहा हुन्छ।’

पीडित विद्यार्थी श्रीनव लामिछानेले तीन जनाको समूह मिलेर आफ्नो ज्यान लिने उद्देश्यकासाथ आक्रमण गरेको जिकिर गरेका छन्। उनले भने, ‘गत बैशाख २८ राति ३ को घट्ना हो, कृष थापा, रिवाज रेग्मी र अनिस श्रेष्ठले मलाई कुटे, कोहीले मुख थुने, कसैले घाँटी थिचे।’ कुटपिटबाट आफू बोल्न नसक्ने स्थितिमा पुगेको बताउँदै अरू साथीहरूले थाहा पाएर आएर बचाएको उनले बताए।

त्यो घट्नाभन्दा पहिले कुनै झगडा थियो भनेर सोधिएको प्रश्नको जवाफमा उनले भने, ‘कुनै त्यस्तो झगडा थिएन, कसैसँग रिसिइबी थिएन, तिनीहरूले स्कुल बन्द गर्नको लागि मलाई मार्न खोजेको हुन जस्तो लाग्छ ।’

उनले भने, ‘कुनै एउटाले गल्ती गर्यो भने समूहमा भएका विद्यार्थीहरूले कुटाई खानुपर्ने, गल्ती एउटाले गर्छ कारबाही सबैले भोग्नुपर्ने स्थिति हुन्थ्यो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.