समाज

कपिलवस्तुको कृष्णनगरमा दुई पुरुषको शव फेला
SHARES

जेठ ६, २०७५

    कपिलवस्तु : कपिलवस्तुको कृष्णनगरमा दुई जना पुरुषका शव फेला परेका छन्। 

    कृष्णनगर नगरपालिका– १, कुकुर भुकुवा बस्ने वर्ष ५५ का वंशराज केवटको शव फेला परेको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ। घरमै मृत अवस्थामा भेटिएका उनको शव जाँच गरी थप अनुसन्धान जारी राखिएको प्रहरी नायव उपरीक्षक नरेन्द्र कार्कीले जानकारी दिए। अनुसन्धानका लागि मृतकका छोरा वर्ष २२ का जिलाजित केवटलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

    यस्तै, कृष्णनगर– २, शाह भवन अगाडि बाटोको छेउमा एक जना पुरुषको शव फेला परेको छ । नाम, थर, ठेगाना नखुलेको अन्दाजी वर्ष ४२ को पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ। बेवारिसे शवलाई जाँच मुचुल्का कार्यपश्चात् पोस्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगंज पठाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]