|

तनहुँ : धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएर फरार रहेका दुई जनालाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ। 

व्यास नगरपालिका– ४ डेरा गरी बस्ने सौरभ कायस्थ भनी चिनिने २७ वर्षीय संगम कायस्थ र ज्योति रोका पक्राउ परेका हुन्।

२०७४ भदौ २० गते दमौलीस्थित होटल ड्राइभइनमा तनहुँको म्याग्दे गाउँपालिका– ६ का संजीव राईलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको घटनामा दुई जना फरार रहेका थिए। कायस्थलाई व्यास नगरपालिका– २ दमौलीस्थित भिक्टोरिया डान्स सेन्टर र रोकालाई उनकै घरबाट शुक्रबार बेलुका फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए। 

पक्राउ परेका दुवै जनालाई आइतबार तनहुँ जिल्ला अदालतमा उपस्थित गराई म्याद थपको अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

यसैबीच शनिबार बिहान तनहुँको व्यास नगरपालिका– ४ का २० वर्षीय मिलन क्याटे भन्ने मोहित गुरुङलाई खुकुरी साथमा लिएर सार्वजनिक शान्ति सुरक्षामा खलल पुग्ने गरी हिँडेको अवस्थामा नियन्त्रण गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.