१२ सय किलोमिटरको मदन भण्डारी राजमार्ग स्वीकृत

|
मन्त्रिपरिषद्का निर्णयबारे जानकारी दिँदै प्रवक्ता एवं राज्यमन्त्री बाँस्कोटा

काठमाडौं : मन्त्रिपरिषद्ले सोमबार राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त सदनमा प्रस्तुत गर्न सम्बोधनको प्रस्तावलाई स्वीकृत गरेको छ।

मन्त्रिपरिषद्को आइतबार राति सकिएको बैठकले सोमबार बेलुकी ४ बजे राष्ट्रपतिले गर्ने सम्बोधनको प्रस्ताव पारित गरेको हो। मन्त्रिपरिषद् बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको थियो।

त्यस्तै उक्त बैठकले १२ सय किलोमिटर लामो मदन भण्डारी राजमार्ग निर्माणको प्रस्ताव पारित गरेको छ। झापाबाट सुरु भएर पश्चिमसम्म पुग्ने उक्त राजमार्गको प्रस्ताव भौतिक योजना तथा यातायात मन्त्रालयको रहेको र त्यसले चुरे तथा भित्री मधेसको उपत्यका जोड्ने सरकारका प्रवक्ता एवं राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।

मुख्यम्नत्री तथा प्रदेश मन्त्रालयहरूको परिमार्जित संगठन संरचना सम्बन्धी प्रस्ताव जसलाई कर्मचारीको दरबन्दी मिलान पनि भनिन्छ लाई स्वीकृत गरिएको छ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको अमेरिका भ्रमणको प्रस्ताव भने सरकारले अस्वीकृत गरेको छ। जनरल कन्भेन्सन अफ मधेसी एसोसाएसन इन अमेरिका नामक कार्यक्रममा एनजिओको निमन्त्रणामा सहभागी हुनका लागि भन्दै प्रदेश मन्त्रिपरिषद्ले पठाएको प्रस्ताव अस्वीकृत गरिएको हो। मुख्यमन्त्री राउतले प्रदेश २ को नीति तथा कार्यक्रम र बजेट निर्माण लगायत सांगठनीक काममा व्यस्त हुनुपर्ने भएको भन्दै उक् प्रस्ताव अस्वीकृत भएको बाँस्कोटाले जानकारी दिए।

३३ किलो सुन प्रकरणको विशेष अनुसन्धान गर्न गृहमन्त्रालयका सहसचिव ईश्वर पौडेलको नेतृत्वमा गठित समितिको म्याद थप गरिएको छ। मन्त्रिपरिषद्ले उक्त टोलिको म्याद जेठ मसान्तसम्म थपेको हो।

सरकारले केही नियुक्ति पनि गरेको छ। आजको मन्त्रिपरिषद्ले राष्ट्रिय विमा संस्थानको प्रमुख प्रशासकमा झापाका कविप्रसाद पाठकलाई नियुक्त गरेको हो

त्यस्तै, मन्त्रिपरिषद्ले सबै मन्त्रीहरूको सम्पति विवरण सार्वजनिक गर्ने पनि जानकारी दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.