|

काठमाडौं : नव गठित नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी निर्माण क्रम जारी छ। तत्कालीन नेकपा एमाले आफ्नो कोटाका केन्द्रयि सदस्य चयन पूरा गरेको छ । तर, माओवादी केन्द्रले आफ्ना कोटामा परेका केन्द्रीय सदस्य चयन गर्न सकेको छैन।

नेकपाका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालले तत्कालीन एमालेबाट केन्द्रीय कमिटीमा मनोनीत ४५ सहित २४१ जना केन्द्रीय सदस्यको टुंगो लगाएको नयाँ पत्रिका दैनिकमा समाचार छ।

केन्द्रीय सदस्य छनौटको समाचारलाई राजधानी दैनिकले तत्कालीन एमालेले भने केन्द्रीय सदस्यहरुको नाम सहजै टुंगो लगाए पनि तत्कालीन नेकपा माओवादी केन्द्रभित्र सकस भएको समाचार छापेको छ। 

नागरिक दैनिकले पनि नेकपाको समाचारलाई मुख्यपृष्टमा नै छापेको छ। उसले नेपाल कम्युनिस्ट पार्टीमा आवद्ध तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रमध्ये एमाले धनी रहेका पाइएको समाचारमा उल्लेख गरेको छ। एमालेको दैनिक आम्दानी करिब चार लाख देखिएको छ भने माओवादी केन्द्रको यस्तो आम्दानी रहेको पाइँदैन। माओवादी उल्टै १४ करोड रुपैयाँ ऋणमा डुबेको देखिएको समाचार छापेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.