|

काठमाडौं : सरकार गठनको १०० दिन पुग्नलाग्दा प्रधानमन्त्री केपी शर्मा ओलीसहित २० मन्त्रीले अझै सम्पत्ति सार्वजनिक गरेका छैनन्। कानुनतः सार्वजनिक पदधारण गरेको व्यक्तिले ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने हुन्छ।

भ्रष्टटfचारमा शून्य सहनशीलताको निति अख्तियार गरेको सरकारका प्रमुखसहितले कानुन उल्लंघन गर्नु गम्भीर भएको प्रशासनविद् डा. काशीराज दाहाल बताउँछन्। ‘सरकारमा बस्नेहरूको सदाचार र पारदर्शिताका लागि सम्पत्ति विवरण बुझाउनु आवश्यक छ।

नेपाल समाचारपत्र अगाडि लेख्छ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनादबहादुर कुँवरले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण उपलब्ध भइसकेको बताए। ‘सम्पत्ति विवरण सार्वजनिक गर्न मन्त्रिपरिषद्को निर्णय आवश्यक हुन्छ’, उनले भने, ‘त्यसैले मन्त्रिपरिषद्को निर्णय आउनेवित्तिकै सार्वजनिक हुन्छ।'

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.