|

इन्डियन प्रिमियर लिग (आइपिएल)मा आइतबार राति भएको खेलमा किङ्स इलावेन पञ्जाव चेन्नेइ सुपर किङ्ससँग ५ विकेटले पराजित भएपछि प्लेअफबाट बाहिरीएको छ। बैंग्लोर बाहिरिएसँगै प्लेअफ समीकरण पुरा भएको छ।

पुनेमा भएको समुहचरणको अन्तिम खेलमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको पञ्जावले निर्धारीत १९ ओभर चार बलमा अलआउट हुँदै १ सय ५३ रन बनायो। जवाफमा उक्त लक्ष्य १९ ओभर १ बलमा चेन्नइले पुरा गरेको थियो । ७६ रन बनाउादा चार विकेट गुमाएको पञ्जावका कुनैपनि खेलाडी विच राम्रो साझेदारी हुन सकेन। उसका लागि करुन नायरले ५४ तथा मनोज तिवारीले ३५ र डेविड मिलरले २४ रन बनाउनु बाहेक बाकि खेलाडी सस्तैमा आउट भए । पञ्जावलाई सस्तैमा आउट गर्न लुङगी नेगिडीले चार विकेट लिए ।

जवाफमा चेन्नेईले १९ ओभर एक बलमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो। उसको जितमा सुरेश रैनाले ६१ तथा दिपक चाहरले २९ र हरभजन सिंहले १९ रन बनाए। पञ्जावको हारले राजस्थान रोयल्स मैदान बाहिर बसेर नै प्लेअफमा पुग्न सफल भयो। अब पहिलो क्वालिफायर्समा सनराइजर्स हैदरावाद र चेन्न्इ खेल्नेछन भने इलिमिनेटर खेलमा कोलकाता र राजस्थान विच प्रतिस्पर्धा हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.