|

सल्यान : सल्यानमा एम्बुलेन्स दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ।

जिल्लाको बागचौर नगरपालिका वडा न २ चिल्ढालेबाट प्राथमिक स्वास्थ्य चौकी थारमारे आउदै गरेको रा १ झ १३७ न एम्बुलेन्स दुर्घटना हुँदा बागचौर नगरपालिका वडा न २ चिल्ढाले निवासी ४४ वर्षिया जानकी बुढाथोकीको मृत्यु भएको हो। 

सोमबार बिहान एक बजे चिल्ढालेबाट गर्भवतिलाई लिएर स्वास्थ्यचौकी आउदै गर्दा बागचौर नगरपालिका वडा न २ ठाँटीचौर आग्रीखोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ। 

दुर्घटनामा परी अन्य चार जना घाइते भएका छन्। घाइते हुनेमा गर्भवती १९ वर्षीया कल्पना चलाउने, ४६ वर्षीय केवल बुढाथोकी, ३५ वर्षीया डम्बरी बुढाथोकी र ४० वर्षीय राम बहादुर बुढाथोकी रहेका छन्। गर्भवति चलाउनेको स्वास्थ्य अवस्था राम्रो रहेको प्राथमिक स्वास्थ्य केन्द्र थारमारेले जानकारी दिएको छ।  एम्बुलेन्स चालक फरार रहेको र उनको खोजी कार्य भईरहेको प्रहरीको भनाई रहेको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.