|

सुनसरी : इटहरी उपमहानगरपालिका–९ जनता स्कुल लाइनमा रहेको कपडा पसलमा आइतबार राति आगलागी भएको छ। 

आगलागीबाट उक्त लाइनमा रहेका दुई वटा कपडा पसल पूर्ण रुपमा नष्ट भएको इलाका प्रहरी कार्यलय इटहरीका प्रहरी निरीक्षक राजन कार्कीले जानकारी दिए। आगलागीबाट दुई करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको प्रहरी निरीक्षक कार्कीले बताए।

आगो इटहरी उपमहानगरपालिकाको वारुणयन्त्र, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो। आगलागीको कारण खुलिनसकेको र घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.