|

तनहुँ : भानु नगरपालिका–६ खहरेस्थित मस्र्याङ्दी नदीमा नदीजन्य वस्तु अवैध उत्खनन् गर्ने तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बालुवा चोरी निकासीको काम लगाउने बन्दीपुर–४ का सुजन गुरुङ र आकाश गुरुङ र जेसिबीका चालक बाँके कोहलपुर नगरपालिका–११ का अर्जुन थापा रहेको प्रहरीले जनाएको छ। 

उनीहरुलाई शनिबार राति १ बजे जेसिबी प्रयोग गरी बालुवा उत्खनन् गरिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक शिद्धिविक्रम शाहले जानकारी दिए। बालुवा उत्खनन्मा प्रयोग गरिएको बा १ क ९७९६ नम्बरको जेसिबी पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीको लागि आइतबार जिल्ला समन्वय समितिको कार्यालय तनहुँमा पठाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.