|

सुनसरी : जबरजस्ती करणी गरेको आरोपमा इटहरीमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–२० का २५ वर्षीय निलज भुजेल रहेको प्रहरीले जानकारी दिएको छ।

इलाका प्रहरी कार्यलय इटहरीलेका अनुसार निलजले सोही ठाउँकी १९ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोप छ। निलजले जेठ ५ बिहान ४ बजे किरिया पुत्री रुगेर घर फर्कने क्रममा युवतीलाई जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले बताएको छ।

पीडि़त र अभियुक्त दुवैको स्वास्थ्य परीक्षण गरिएको छ। निलजलाई जबरजस्ती करणीमा मुद्दा दर्ता गरी थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यलय इटहरीका प्रहरी निरीक्षक राजन कार्कीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.