|

काठमाडौं : उपत्यकामा सवारी दुर्घटनाबाट ०७२ साल यता ४९७ जनाले ज्यान गुमाएका छन्। उपत्यकामा हुने दैनिक साना ठूला घटना गरि तीन वर्षमा ४९७ जनाले ज्यान गुमाएका हुन्। सवारी दुर्घटनाबाट ६६० गम्भीर घाइते र आठ हजार २०० जना समान्य घाइते भएको महानगरीय ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ। ट्राफिक प्रहरी कार्यालयको तथ्यांक अनुसार उपत्यकाका  दैनिक १५ भन्दा बढी सवारी दुर्घटना हुने गरेका छ।

ट्राफिक कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७२/०७३ मा पाँचहजार ६६८ सवारी दुर्घटना भएका छन् भने दुर्घटनामा परि ज्यान गुमाउनेको सख्या १६६ छ। त्यस्तै आर्थिक वर्ष २०७३/०७४ मा पाँच हजार ५३० दुर्घटना भएको छ भने दुर्घटनामा परि ज्यान गुमाउनेको सख्या १८२ जना रहेको छन्।

चालु आर्थिक वर्ष २०७४/०७५ मा पाँच हजार १८० सवारी दुर्घटना भएको देखिन्छ भने मर्नेको सख्या १४९ रहेको छ। यसरी सवारी दुर्घटनाको तथ्यांक हेर्दा सवारी दुर्घटनामा घट्नुको साटो बढीरहेको देखिन्छ। 

मूलक भर हुने सवारी दुर्घटनाको तथ्यांक अझ भयावह रहेको छ। महानगरीय ट्राफिक प्रहरी कार्यालयका सह प्रवक्ता मुकुन्द मरासैनीको अनुसार सडक दुर्घटनाको कारण सडकको अवस्था, चालकको लापरबाही, तीव्र गति, मदिरा सेवन गरेर ड्राइभिङ गर्नु, सडकमा छाडा चौपाया, पैदल यात्रुले जथाभावी सडक पार गर्नु र क्षमता भन्दा बढी यात्रु बोक्दा सवारी दुर्घटना हुने गरेको उनको भनाई छ।

दुर्घटना हुनेमा मोटर साइकल र स्कुटर बढी

उपत्यकामा हुने सवारी दुर्घटनामा सबैभन्दा बढी मोटरसाइक र स्कुटर हुने गरेको ट्राफिक पहरीको तथ्यांक छ। त्यसपछि कार जिप,  भ्यान र माइक्रोबस दुर्घटना हुने गरेको छ। आर्थिक वर्ष २०७२/०७३ मा भएको दुर्घटना मध्ये तीन हजार ६७१ दर्घटना मोटर साइकल र स्कुटर भएको छ।

त्यस्तै, आर्थिक वर्ष २०७३/०७४ मा तीन हजार ३४९ मोटर साइकल र स्कुटर दुर्घटना भएका छन् भने आर्थिक वर्ष २०७४/०७५ मा तीन हजार १४१ दुर्घटना भएका छन्। तीन आर्थिक वर्षमा ज्यान गुमाएका ४९७ जनामध्ये २३३ जना मोटरसाइक र स्कुटर चालक रहेका छन्। दुर्घटमा परि पर्नेमा १७ वर्ष देखि ३५ वर्ष मुनिका सबै भन्दा बढी रहेका छन्। यसरी सवारी सावध दुर्घटनाको तथ्यांक अनुसार सबै भन्दा दुर्घटना २१ वर्ष देखि ४० वर्षका उमेरका सवारी चालकले गर्ने गरेको देखिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.