|
फाइल फाेटाे

काठमाडौं : प्रमुख प्रतिपक्ष दल कांग्रेस निकट नेपाल मुस्लिम संघले आफूहरूको पर्व कटौति गर्ने सरकारको निर्णय तत्काल फिर्ता लिन माग गर्दै सरकारलाई दवाव दिन सुरु गरेको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुभाउँदै संघले आफूहरूको पर्वमा विदा कटौति गर्ने निर्णय तत्काल फिर्ता लिन दवाव दिएको हो।

सरकारले आफूहरूको पहिचान समेत मेटाउन ढंगले विदा कटौति गर्ने निर्णय लिएपछि फिर्ता लिन दवाव दिन सुरु गरिएको संघका महासचिव मोख्तार अहमदले जानकारी दिए। प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मालाई ज्ञापनपत्र बुझाउने क्रममा महासचिव अहमदले आफूहरूको पर्वमा विदा कटौति गर्ने सरकारको निर्णय फिर्ता लिन जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीको गम्भीर ध्यानाकर्षण गराउनु परेको पनि स्पष्ट पारे।

आइतबार जिल्ला प्रशासन कार्यालय पुगेका संघका नेतृत्वले प्रमुख जिल्ला अधिकारी शर्मासँग आफूहरूको विदा कटौति गर्ने निर्णयमा पुनर्विचारका लागि पहल गरिदिन आग्रह गरेका थिए। संघले संवैधानिक व्यवस्था अनुसार समावेशी सिद्धान्तका आधारमा मदरसा शिक्षालाई व्यवस्थित गर्न राष्ट्रिय मदरसा बोर्ड तत्काल गठन गर्न पनि सरकारसँग माग गरेको छ। मुस्लिम आयोगलाई क्रियाशील बनाउन पनि माग गरिएको संघद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.