|

हेटौँडा : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफूबाट सुरुवात गरी स्वच्छ प्रशासन कायम गर्न जनप्रतिनिधिहरू लाग्नु पर्ने बताएका छन्। प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको आयोजनामा सोमबारदेखि हेटौँडामा सुरु भएको प्रदेश समन्वय परिषद् बैठकमा बोल्दै स्वच्छ र भ्रष्टाचारमुक्त प्रशासनका लागि सबै भन्दा पहिला जनप्रतिनिधिबाट सुरुवात हुनुपर्ने उनको भनाई छ।

‘केही वडा र जनप्रतिनिधिका कुराहरू बाहिर आइरहेका छन्। म त्यतातर्फ जान चाहन्न,’ उनले भने, ‘सकारात्मक परिवर्तनको सुरुवात हामी जनप्रतिनिधिले आफैंबाट सुरु गर्नुपर्छ।’ उनले स्वयंसेवी भावका साथ जनताको मतबाट विजयी जनप्रतिनिधिले सेवा सुविधा मात्रै ध्यान दिए मतको अपमान हुनेतर्फ सचेत रहनुपर्ने बताए। 

सानातिना योजनामा बजेट हालेर चित्त बुझाउने प्रवृत्तिको अन्त्य गरेर काम गरेको देखिने गरी बजेट विनियोजनमा जोड दिनुपर्ने उनको भनाई थियो। उनले संघीयता कार्यान्वयनको जिम्मेवारी तिनै तहमा गइसकेकाेले जनप्रतिनिधिले जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिए। मुख्यमन्त्री पौडेलले लामो समयपछिको संघर्षबाट संघीयता कार्यान्वयनमा आएको भन्दै प्राप्त उपलव्धिको संरक्षण गर्नु आवश्यक रहेको पनि बताए। 

कार्यक्रममा प्रदेश ३ का मन्त्रीहरू शालिकराम जम्कट्टेल, कैलाश ढुंगेल, दावा दोर्जे लामा, प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले स्थानीय तह जनताको पहिलो सरकार भएकोले जनताले महसुस हुने गरी काम गर्नुपर्नेमा जोड दिएका थिए। संघीयता कार्यान्वयनमा आएपछि पहिलो पटक भएको प्रदेश परिषद बैठकमा  प्रदेशका ११९ स्थानीय तहका प्रमुख र उपप्रमुखको सहभागिता रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.