|

बुटवल : रुपन्देहीमा पोखरीमा डुबेर चार बालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख श्याम ज्ञवालीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका एकमा रहेको सार्वजनिक पोखरीमा डुबेर स्थानीय १४ वर्षीया साहदिया खातुन, १० वर्षीया साहिमा खातुन, १० वर्ष कै ममिना खातुन र नाैवर्षकी अदिवा खातुनको मृत्यु भएको हो। 

सोमबार बिहान नुहाउन गएका उनीहरू मध्यान्ह १२ बजे मृत अवस्थामा फेला परेको खबर आएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख ज्ञवालीले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.