|

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७५/०७६ मा आर्थिक बृद्धिदर १० प्रतिशत हाराहारी पुर्‍याउने महत्वकांक्षी योजना सार्वजनिक गरेको छ। पाँच वर्षपछि सधैं १० प्रतिशतभन्दा बढीको आर्थिक बृद्धि गर्ने समेत सरकारले जनाएको छ। सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवि भण्डारीले सरकारमा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आउँदो वर्ष दोहोरो अंक नजिकको आर्थिक बृद्धिदर बताएकी हुन् । ‘आगामी आर्थिक वर्ष दोहोरो अंक नजिक आर्थिक बृद्धि हुनेछ, पाँच वर्षपछि दोहोरो अंकको आर्थिक बृद्धि कायम भइरहने छ,’ राष्ट्रपति भनिन्।

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.