|

काठमाडौं : घरजग्गाको व्यवसाय गर्ने दलालहरुलाई दुखको खबर छ। सकारले घरजग्गाको व्यवसायलाई थप कठीन हुने गरेर बजेटमा व्यवस्था गर्ने गरी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवि भण्डारीले संसदमा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कृषियोग्य जमिनको खण्डिकरण र अतिक्रमणमा रोक लगाइने बताइन्। 

अर्थमन्त्री युवराज खतिवडा जग्गा दलालहरुप्रति निर्म व्यक्ति मानिन्छन्। उनले राष्ट्र बैंकमा रहँदा पनि घरजग्गा कर्जामा कडाइ गरेका थिए। अहिले पनि उनी जग्गा दलालप्रति कडा रहने देखिएको छ। हाल अंशबण्डाका लागि बाहेक एक वर्षमा एक पटक मात्रै जग्गाको कित्ताकाट गर्न पाइन्छ। एक पटक मात्रै कित्ताकाट गर्ने व्यवस्थाले दलालहरुलाई समस्या भएको छ। दलालहरुलाई सरकारले थप समस्या थप्ने देखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.