|

कपिलवस्तु : कपिलवस्तुमा पछिल्लो समय हत्याका घटनामा वृद्धि हुन थालेका छन्। आइतबार मात्र दुईजना पुरुषको शव फेला परेलगत्तै सोमबार पुनः थप एकजना महिलाको वीभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको छ। विशेष गरी जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रमा हत्याका घटनाले प्रश्रय पाइरहेका छन्।

जिल्लाको महाराजगञ्ज नगरपालिका १०, हरदौनास्थित सौतौवा खोलाको किनारमा अन्दाजी ३४ वर्षीया अपरिचित महिलाको शव फेला परेको सीमा प्रहरी चौकी हरदौनाले जनाएको छ। निकै वीभत्स तरिकाले हत्या गरी बोरामा बाँधेर फालेको अवस्थामा शव भेटिएको प्रहरी नायव निरीक्षक हिरालाल बस्नेतले जानकारी दिए।

मधेसी मूलको जस्तो देखिने महिलाको घाटी काटिएको, बायाँ स्तन काटिएको, बायाँ हातको पाखुराको मासु काटिएको अवस्थामा उक्त महिलाको शव फेला परेको प्रहरीले जनाएको छ। मृतक महिलाले बैगुनी रंगको साडी लगाएको समेत प्रहरीले जनाएको छ। शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको छ।

उता, आइतबार मात्र कृष्णनगरमा दुईजना पुरुषको शव फेला परेका थिए। कृष्णनगर नगरपालिका–१, कुकुर भुकुवा बस्ने वर्ष ५५ को वंशराज केवट र सोही नगरपालिका–२, शाह भवनअगाडि बाटोको छेउमा एकजना अपरिचित पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.