|

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको शासकीय संरचनाअनुसार बनेका तीन तहका सरकार जनताको आकांक्षा पूरा गर्ने साझा संस्था भएको बताएकी छन्। सोमबार संघीयता कार्यन्वयन भई तीन तहको सरकार बनीसकेको अवस्थामा सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन्।

उनले विकास समृद्धि हासिल गर्ने अर्को विकल्प नरहेको बताउँदै तीनै तहको सरकारबाट समृद्धिको दिशामा अघि बढ्न पर्ने बताइन्। सरकारको तर्फबाट आगामी आर्थिक सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले भनिन्, 'संघ र प्रदेश र स्थानीय तह साझा संस्‍थाका रुपमा स्थापित भएका छन्। यी सरकार एउटै सरकार र एउटै नेपाली समाज हो।'

उनले यी तीन सरकार सबै जनातको आस्था र विश्‍वासमा काम गर्ने साझा संस्था भएको र विरोधाभास नभएको स्पष्ट पारिन्। उनले एक नेपाली भोकै रहदा सबै नेपालीले खाएका छन् भन्न सकिने स्थिती नरहने बताउँदै सोही अनुसार सरकारको नीति ल्याइने बताइन्।

विकासको लागि शान्ति र स्थिरता आवश्यक रहेको बताउँदै कसैको यथार्थ माग सम्वोधन नगरि असान्ति मच्याउने वातवरण सरकारबाट नहुने समेत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.