|

काठमाडौं: सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा रेलमार्ग र जलयातायातलाई प्राथमकिता दिएको छ। राष्ट्रपतिले सोमबार संयुक्त संसदमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा जल यातायात र रेलमार्गलाई प्राथमिकताका दिएको उल्लेख गरिएको हो।

खासगरी सरकारले तीन रुटमा चल्ने रलेमार्ग निर्माण कार्य अघि बढाइने बताइएको छ। जसअनुसार मेची-महाकाली रेलमार्ग, काठमाडौं- वीरगञ्ज रेलमार्ग र रसुवागढी-काठमाडौं-पोखरा रेलमार्गको निर्माण कार्य अघि बढाइने बताइएको छ।

त्यस्तै, जल यातायातको लागि पनि आवश्‍यक कार्य गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। कोशी, गण्डकी र कर्णाली नदीहरूमा जल यातायात सञ्‍चालन गर्न कानुनी नीतिगत र संस्थागत व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। पूर्वधार विकास सार्वजनिक निजी साझेदारीलाई प्रोत्साहन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.