|

महोत्तरी : महोत्तरीको लोहारपट्टी नगरपालिका अन्तर्गत पर्ने रामवती जगदेव जनता माध्यमिक विद्यालय बगडामा एक हजार जनाका लागि एउटामात्रै शौचालय रहेको छ।

लोहारपट्टी नगरपालिका– एक बगडामा सो विद्यालयमा कक्षा एक  देखि १२ सम्ममा कूल ९९८ विद्यार्थी,१७ शिक्षक र दुई परिचर रहेका छन्। मा ती सबैका लागि त्यस विद्यालयमा एउटामात्रै शौचालय रहेको छ। विगत दुई दशकदेखि सो विद्यालयमा एउटामात्रै शौचालय रहेको छ। एउटै शौचालय भएका कारण विद्यार्थी र शिक्षकले पालो कुर्नु परिरहेको प्रधानाध्यापक श्यामसुन्दर यादवले बताए। शौचालयका लागि पटक पटक जिल्ला शिक्षा कार्यालयलाई लिखित अनुरोध गर्दै आएको समेत उनले बताए। उनले भने 'विद्यार्थी र शिक्षकलाई निकै समस्या हुने गरेको छ।'

ढोका फुटेको,चुक्कुल नभएको र पर्खाल जीर्ण भइसकेको सो शौचालयमा छात्रा महिनावारी भएका बेला तथा सामान्यरुपमा दिसापिसाब गर्न जाँदा समस्या हुने गरेको कक्षा १० की छात्रा विभाकुमारी यादव बताउछिन्।विद्यालयमा खानेपानीको समेत अभाव छ। विद्यालयमा बगडा,महदैया,मधेपुरा,अन्हारवन,सुखैनिया,पररिया, तपनपुर, जगतियालगायत ठाउँका विद्यार्थी पढ्न आउने गरेका छन्। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.