|

काठमाडौं: सरकारले शिक्षामा निजी लगानीलाई निरुत्साहित गर्ने नीति अवलम्वन गरेको छ। सोमबार सरकारको तर्फबाट प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा शिक्षामा निजी लगानी निरुत्साहित गरिने बताइएको हो।

'शिक्षामा निजी लगानीको नियन्त्रण गरिनेछ,' सरकारको नीति तथा कार्यक्रममा संसदमा प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले भनिन्। त्यस्तै, कक्षा एकमा भर्ना भएका सबै विद्यार्थीलाई माध्यमिक शिक्षा हासिल गर्ने गरी व्यवस्था मिलाउने बताइएको छ। स्कुल अवधिमा नै विद्यालय छोड्नुको कारण विषयमा अध्ययन गरिने पनि उल्लेख गरिएको छ।

त्यस्तै, स्कुल छोड्ने विद्यार्थीलाई प्राविधिक शिक्षा दिइने पनि जानकारी गराइएको छ। प्रत्येक विद्यालयलाई बालमैत्री बनाइने पनि नीति तथा कार्यक्रममा पेस गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.