काठमाडौं : नवगठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनका विषयमा मधेसमा आन्दोलन गरिरहेका र सरकार बनाएका दलहरूसँग सहमति भइसकेको बताएका छन्।
सोमबार सरकारको नीति तथा कार्यक्रममा संविधान संशोधनको विषयमा सम्बोधन नभएको भनी मधेसी दलहरूले असन्तुष्टि जनाइरहेका वेला अध्यक्ष प्रचणडले भने, 'केही टेक्निकल विषयका कारण मात्र मिल्न बाँकी हो, संविधान संशोधनका विषयमा मधेशमा आन्दोलनरत र सरकारमा रहेका दलहरूसँग सहमति भइसकेको छ,' उनले थपे, अब छिट्टे राजपा र फोरम पनि सरकारमा सहभागी हुनेछ।'
तपाईंको ईमेल गोप्य राखिनेछ ।