|

  • भोजराज कार्की-

सोलुखुम्बु : सगरमाथा आरोहणमा एक जापनिज नागरिकको मृत्यु भएको छ। सगरथामाथा आरोहणको क्रममा क्याम्प ३ पुगेर फर्कने क्रममा आइतबार बेलुका ११ बजेबाट आरोही समूहका गाइडसँग सम्पर्कबिहीन भएका आरोही आज बिहान मृत अवस्थामा भेटिएकाे प्रहरीले जनाएको छ। ३६ का नोबुकाजु कुरीकीलाई बिहान खोजी गर्ने क्रममा क्याम्प तीननजिकै मृत अवस्थामा भेटिएको प्रहरी निरीक्षक एवम् सूचना अधिकारी प्रद्युम्नकुमार अधिकारीले जानकारी दिए।

प्रहरीका अनुसार ती जापानिज नगरिकको हिउँमा चिप्लेर लडेर मृत्यु भएको हो। मृतकको दुवै हातको औला समेत हिउँले काट्टिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। कुरीकी चैत्र २० गते बोची बोची ट्रेक एक्सपिडिसन कम्पनी लाजिम्पाट काठमाडाैंबाट सगरमाथा आरोहणको लागि लुक्ला आएको बताइन्छ। आरोहणका लागि पाँचजनाकाे टाेलीसँगै सगरमाथा आधार शिविर आएकाे थियाे।

कुरीकीकाे शवलाई सोमबार दिउँसो २ः २५ बजे माउण्टेन हेलिकोप्टरमार्फत तेञ्जिङ हिलारी विमानस्थल ल्याई आवश्यक कानुनी प्रक्रिया पूरा गरी ३ः१५ बजे शिक्षण अस्पताल काठमाडौं महाराजगंज लगिएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए। यसैबीच सगरमाथा आरोहणकै क्रममा मेसोडोनियाका अर्का एक व्यक्तिको पनि लेक लागेर मृत्यु भएको छ। 

६२ का जेओर्जी पेटकोभको आइतबार दिउसो १ः ४५ बजे सगरमाथाको क्याम्प ३ देखि ४०० मिटरमाथि लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। १४ जनाको समूहमा चैत्र १३ गते गाइड ट्रेकिङ एजेन्सी बिशालनगर काठमाडाैंबाट सगरमाथा क्षेत्र आएको बताइन्छ। मृतकको शव आजै हेलिकोप्टरमार्फत शिक्षण अस्पताल काठमाडौं लगिएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.