|
फाइल फोटो

बारा : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टी एकताका लागि अध्यक्ष पद छाड्न तयार रहेको बताएका छन्।

वीरगंजमा सोमबार पार्टीको राष्ट्रिय परिषद् बैठक उद्घाटन गर्दै अध्यक्ष थापाले पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनीसँग पार्टी एकता गर्न पार्टी एकताको सर्त अध्यक्ष पद बन्छ भने अध्यक्ष पदबाट राजीनामा दिन तयार रहेको बताएका हुन्।

राणा र लोहनीलाई पार्टी एकताका लागि आह्वान गरेका अध्यक्ष थापाले अब प्रजातान्त्रिक शक्तिहरूबीचको एकता आवश्यक रहेको बताए।  

'सर्वसत्तावाद लाद्न खोजियो'

राप्रपा अध्यक्ष थापाले संविधान र प्रजातन्त्रको आवरणभित्रैबाट देशमा सर्वसत्तावाद लाद्न खोजिएको आरोप लगाएका छन्। संविधान र प्रजातन्त्रको आडमा न्यायपालिका, प्रशासन संयन्त्र र संवैधानिक अंगहरू कब्जा गर्ने नियत देखिएको थापाको बुझाइ छ। 

माओवादी र एमालेबीचको पार्टी एकीकरणपछिको घटनाक्रम र मुख्य नेताहरूको अभिव्यक्ति सुन्दा मुलुकले शान्ति र स्थायित्व पाउनेमा आशंका बढेको थापाको भनाइ थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.