समाज

म्यानपावर व्यवसायी विशेष अदालतमा
SHARES

जेठ ७, २०७५

    काठमाडौं : वैदेशिक रोजगारीको शिलशिलामा ठगी गर्ने व्यवसायीलाई प्रहरीले ठगी मुद्दामा कारबाही अघि बढाएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले सोमबार विशेष अदालतमा मलेसिया जाने कामदारमाथि ठगी गर्ने ४० जना व्यवसायीहरूलाई ठगी मुद्दा दायर गरेको हो।

    ठगी मुद्दामा अदालतबाट म्याद थप गरी उनीहरूलाई थुनामा राखिएको परिसरले जनाएको छ। ३१ वटा म्यानपावर कम्पनीका ४० जनालाई ठगी मुद्दामा थुनामा राख्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ। मलेसिया जाने कामदारलाई भिसा प्रोसेसिङ तथा स्वास्थ्य परीक्षणका नाममा ठगी गर्ने व्यवसायीलाई प्रहरीले कारवाही प्रक्रिया अघि बढाएको हो। दुईमेडिकल सेन्टरका संचालकहरू भने फरार रहेको र उनीहरूको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ।

    सरकारले मलेसिया जाने कामदारलाई लिइदै आएको अतिरिक्त शुल्क खारेज गर्ने निर्णय गरेलगत्तै त्यसको कार्यान्वयनको कामलाई तीव्रता दिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]