|
फाेटाे फाइल

डोल्पा (त्रिपुराकोट) : हिमाली जिल्ला डोल्पामा यार्सागुम्बा संकलन पुर्जी वितरणबाट मात्रै सात दिनमा ७० लाख २३ हजार रुपैयाँ राजश्व संकलन भएको छ।
बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलनका लागि डोल्पाका उच्च हिमाली क्षेत्रमा पुग्ने सर्वसाधारणबाट यार्सागुम्बा संकलन पुर्जी वितरणबाट एक सातामै यति ठूलाे राजश्व स‌ंकलन भएकाे  हो।

उक्त रकम फोन सम्पर्क हुने सीमानाकाहरूमा मात्रै हाे। अन्य धो, साल्दाङ, फोक्सुन्डाे र पलमलगायतका नाकाहरूमा कति जना सर्वसाधारण यार्सागुम्बा संकलनमा प्रवेश गरे, कति रकम संकलन भयो भन्ने जानकारी आउन बाँकी रहेको निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीले बताए।

यार्स‌ा संकलक आउने क्रम जारी रहेकाले निकुञ्जका १० वटा नाकाहरूबाट जेठ महिनाको अन्तिमसम्ममा थप लाखौँ रुपैयाँ राजश्व उठ्ने अनुमान गरिएको सहायक संरक्षण अधिकृत उप्रेतीले जानकारी दिए। त्यसैगरी क वर्गको एक हजार ७७८, ख वर्गको ८१४, ग वर्गको एक हजार ५२३ संकलन इजाजतपत्र वितरण गरिएको शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्जले जनाएको छ। क वर्गको इजाजतपत्रको ५००, ख वर्गको दुई हजार, ग वर्गको तीन हजार रुपैयाँ रकम रहेको छ। प्रवेश शुल्कवापत ५०० रुपैयाँ पर्छ।

जिल्लाका सुलिगाड, त्रिपुराकोट, तोइजुम, धो, साल्दाङलगायतका १० वटा नाकाहरूमा संकलन पुर्जी वितरण गरिँदै आएको छ। बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलनका लागि दशाैँ हजार सर्वसाधारण डोल्पा अाइपुगेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.