|

काठमाडौं : तत्कालीन माओवादी जनसत्ताले पास गरेको जग्गाको लिखतलाई वैधता दिने तयारीमा जुटेको प्रदेश ५ को सरकारले द्वन्द्वकालीन यस्तै अर्को मुद्दालाई आधिकारिकता दिने प्रक्रिया सुरु गरेको छ।

द्वन्द्वकालमा माओवादी लडाकुको उपचारका लागि तयार पारिएका माओवादी स्वास्थ्यकर्मीलाई मान्यता दिन सरकार लागिपरेको खबर नागरिक दैनिकमा छ। यसका लागि सामाजिक विकास मन्त्रालयले प्रक्रिया सुरु गरिसकेको छ।

यो प्रक्रियाले पूर्णता पाए द्वनद्वका घाइते माओवादी लडाकुको उपचारमा खटिएका स्वास्थ्यकर्मीले सरकारी मान्यता पाउनेछन्। द्वन्द्वकालमा माओवादीले घाइते लडाकुको उपचारका लागि ३, ६ र ९ महिने तालिम दिएर स्वास्थ्यकर्मी उत्पादन गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.