|

काठमाडौं : सार्वजनिक पदधारी व्यक्तिले अख्तियारको दुरुपयोग गरेको समाचारलाई मंगलबार प्रकाशन भएका पत्रपत्रिकाले अघिल्लो पृष्टमा स्थान दिएका छन्।

नयाँ पत्रिका दैनिकले भाइरल ज्वरोको अनुगमन गर्न जाजरकोट गएका तत्कालीन स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल र सचिव किरण रेग्मीले फजुल खर्च गरको समचारलाई महत्त्वका साथ प्रकाशन गरेको छ। उनीहरू गत पुसमा फैलिएको भाइरल ज्वरोको अवस्था बुझ्न सेनाको हेलिकोप्टर चढेर जाजरकोट पुग्दा १८ लाख रुपैयाँ खर्च उठेको समाचार छ।

सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पदधारी १३ हजार ३९० कर्मचारीलाई पाँच हजार रुपैयाँ जरिवाना गर्न सम्बन्धित निकायलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्देशन दिने निर्णय गरेको समाचार नेपाल समाचारपत्र दैनिकले छापेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.