|

उर्लाबारी (मोरङ) : मोरङको मिक्लाजुङ गाउँपालिका–८ स्थित मधुमल्ला–तोरीबारी भित्री सडकखण्डमा सोमबार साँझ अटो ट्याम्पु दुर्घटना हुँदा एक वृद्धको मृत्यु भएको छ। दुर्घटनामा तीनजना घाइते भएका छन्। 

तीव्र गतिमा रहेको को १ ह ८६८१ नंको अटो ट्याम्पु अनियन्त्रित भई पल्टिँदा इलाम, चुलाचुली गाउँपालिका–६ का ७० वर्षीय हर्कबहादुर बोहराको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका वृद्धको उर्लाबारीस्थित अरनिको हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो। 

दुर्घटनामा घाइते भएकी मृतककी श्रीमती ५८ वर्षीया कमला बोहराको उपचार सोही अस्पतालमा भइरहेको छ। यस्तै घाइते मिक्लाजुुङ–९ की २२ वर्षीया पूर्णिमा तामाङ र ८० वर्षीया सुभद्रा कार्कीको उपचार साझा हस्पिटल, मधुमल्लामा भइरहेको इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रहरी नायब निरीक्षक किरण प्रसाईले जानकारी दिए। ट्याम्पु र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.