|

रुकुम : मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुम खण्डको काम धमाधम भइरहेको छ। १३० किलोमिटर सडकलाई आठ खण्डमा विभाजन गरी निर्माण कार्य भइरहेको छ। रुकुम पश्चिमको चौरजहारीदेखि रुकुम पूर्वको पातिहाल्नसम्मका विभिन्न खण्डमा काम भइरहेको हो। 

चौरजहारीदेखि चाइनबगरसम्मको १६ दशमलव ५ किलोमिटर, चाइनबगरदेखि हासिबाङसम्मको १६ दशमलव ५ किलोमिटर र शीतलपोखरीदेखि रिनदहसम्मको १४ किलोमिटर सडकखण्डमा काम भइरहेको मध्यपहाडी लोकमार्ग सडक आयोजनाका इञ्जिनियर सुप्रिम चुडालले जानकारी दिए। त्यस्तै, रिनदहदेखि रुकुमकोटसम्मको १९ किलोमिटर, रुकुमकोटदेखि जितखोलासम्मको १६ किलोमिटर, जितखोलादेखि रिकमसम्मको १६ किलोमिटर र रिकमदेखि पातिहाल्ना रुकुम पूर्व र बाग्लुङ जिल्लाको सीमानासम्मको १३ किलोमिटर सडकखण्डमा पनि काम तीव्र रूपमा भइरहेको आयोजना कार्यालयले जनाएको छ। यस सडकमा आगामी ३ वर्षभित्र कालोपत्र गर्ने लक्ष्य रहेको छ। 

रुकुम पश्चिमको रिनदहदेखि रुकुम पूर्वको रुकुमकोटसम्मको १९ किलोमिटर सडक चौडा पार्ने काम भइरहेको छ। उक्त सडकखण्डमा पर्ने छ वटा खोलामा पुल निर्माण कार्य भइरहेको छ।

मध्यपहाडी लोकमार्गको कामले गति लिएपछि स्थानीय खुसी भएका छन्। यसअघि एक दिन लाग्ने रुकुम पश्चिमको खलंगादेखि रुकुम पूर्वको काक्रीसम्म अहिले चार घण्टामै पुग्न सकिने स्थानीय जयमान बुढाले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.