|

पीएसजीका पूर्व म्यानेजर उनाइ इमेरी आर्सनको नयाँ प्रशिक्षक नियुक्त भएका छन्। उनले म्यानचेस्टर सिटीका एसिस्टेन्ट म्यानेजर तथा पूर्व आर्सनल कप्तान मिकेल अर्टेटाको दाबेदारीलाई पन्छाउँदै वेंगरको स्थान लिन सफल भएका हुन्।

४६ वर्षीय स्पेनिस इमेरीले पीएसजीमा दुई सिजन रहँदा लिग १ एक पटक तथा चार पटक घरेलु प्रतियोगितामा जित्न सफल भएका थिए। यो सिजनको अन्त्यसँगै आर्सन प्रशिक्षक वेङगरले क्लबबाट विदा लिएपछि उनको स्थानमा को अाउँछ भनेर  चासोका साथ हेरिएको थियो।

यसअघि उनको प्रशिक्षमा स्पेनिस क्लब सेभिल्लाले २०१३ देखि १६ सम्म युरोपा लिगमा सफल प्रदर्शन गराएका थिए। सन् २००५ देखि म्यानेजरको करियर सुरु गरेका एमेरीले सेभियामा २०१४ देखि २०१६ सम्म रहँदा सेभिल्लालाई लगातार तीन पटक युरोपा लिगको उपाधि दिलाएका थिए। सेभिल्ला लगातार तीन उपाधिसँगै युरोपा लिगमा सर्वाधिक पाँच पटक च्याम्पियन बन्न सफल भएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.