|

डडेल्धुरा : अमरगढी नगरपालिकाले बजार व्यवस्थापन तथा सरसरफाइलाई तीव्रता दिएको छ। २० वर्षअघि निर्माण भएको बसपार्क क्षेत्रको नाली मर्मतसम्भार र सरसफाइ सुरु गरिएको हो।

निर्माणपछि मर्मतसम्भार नहुँदा नालीका ल्यापमा जीर्ण भएका थिए। त्यसमा बालबालिकाको खुट्टा फस्ने जोखिम थियो भने सवारीसाधन सञ्चालन गर्न पनि समस्या हुँदै आएको थियो। यस्तै, लामो समयदेखि नालीमा रहेको फोहोर नउठ्दा बसपार्क क्षेत्र दुर्गन्धित भएको थियो। 

नगरपालिकाले जीर्ण स्ल्याप फेर्ने र फोहोर व्यवस्थापन अभियान चलाएको छ। जसले सर्वसाधरणलाई र सवारी चालकलाई सहज हुने नगरपालिकाका प्रमुख विशेश्वरप्रसाद ओझाले बताए। उनले भने, ‘बजार क्षेत्रका समस्या समाधान गर्न अभियान चलाएका छौं।’ अब केही समयमै बजार क्षेत्रको समस्या समाधान हुने उनले प्रतिवद्धता व्यक्त गरे।

त्यस्तै, लामो समयदेखि साँघुरो सडकको समस्या सुल्झाउने योजना बनाएकोे वडा नम्बर ५ का वडाध्यक्ष खेमराज पाठकले बताए। ‘केही समय विभिन्न चुनावको कारण कार्य सम्पादनमा कठिनाइ भएको थियो,’ उनलेभने, ‘अब डेढ वर्षभित्रै बजारको सडक १५ मिटर चौडाइको बनाउने योजना बनेको छ। तत्काल सडकको दुवैतर्फ दुई मिटर फराकिलो बनाउने योजन छ।’ अव्यवस्थित बजार तथा सडकका कारण हैरानी खेपिरहेका व्यापारी, यात्रु तथा सवारी चालकलाई अबको केही समयमा सहज हुने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.