|

इण्डियन प्रिमियर लिग आईपीएलमा मंगलबार प्लेअफका खेल हुँदैछन्। मंगलबार मुम्बईको बाङ्खडे स्टेडियममा हुने पहिलो क्वालिफायर खेलमा अंकतालिकाको शीर्ष स्थानमा रहेको सनराइजर्स हैदरावाद र तालिकाको दोस्रो स्थानमा रहेको चेन्नाई सुपरकिङ्सबीच प्रतिस्पर्धा हुन लागेको हो। 

मंगलबार राति स्थानीय समयअनुसार ८ बजे दुई टिम आमनेसामने हुँदैछन्।  सराइजर्स हैदरावादको कप्तानी केन विलिम्सनले गरेका छन्। चेन्नईको कमाण्डमा महेन्द्रसिंह धोनी रहेका छन्। आजको विजेता आईपीएलको फाइनलमा प्रवेश गर्ने छ भने पराजय हुने टिमले बुधबार हुने कोलकाता र राजस्थान रोयल्सको विजेतासँग फाइनल प्रवेशका लागि फेरि प्रतिस्पर्धा गर्नेछ। 

११ औं संस्करणको आईपीएलसम्म आइपुग्दा प्लेअफमा रहेका यी चार टिमले सात पटक उपाधि जितेका छन्। सर्वाधिक तीन पटक चेन्नाईले उपाधि हात पारेको छ भने कोलकाताले दुई पटक उपाधि उचालेको छ भने राजस्थान रोयल्स र सनराईजर्स हैदरावादले समान एक–एक पटक उपाधि हात पारेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.