|

काठमाडौं : फिल्म 'अमेरीका बोइज'को गीत रिलिज भएको छ। सोमबार युट्युबमार्फत फिल्ममा समावेश मेरो ध्यान नै तिमीमा बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक उक्त गीतमा जयन जे वाइबाको संगीत रहेको छ भने जयन, रोशन थापा र सुरज शाही ठकुरीको स्वर सुन्न सकिन्छ।

सुनिल क्षेत्री र नेपाली ठिजोटको करियोग्राफी रहेको भिडियोमा फिल्मका मुख्य कलाकार अर्पण थापा, अभय बराल, आशिष प्रसाई र श्रृष्टि कार्की फिचरिङ छन्। भिडियोमा श्रृष्टिको पछाडी तिन युवा लागेको देखाइएको छ।

जेठ १८ गतेबाट प्रदर्शनमा आउने यस फिल्मलाई प्रवेश पौडेलले निर्देशन गरेका छन्। फिल्ममा कामेश्वर चौसारिया, सन्दीप क्षेत्री, सुनिल थापा, हरिहर शर्मा, सारदा गिरी, रश्मि भट्ट, रमा थपलियालगायतको पनि अभिनय छ। 

प्रकाश भुजेल र इन्द्र प्रसाद खरेको लगानी रहेको फिल्ममा समिर खरेल कार्यकारी निर्माताका रुपमा रहेका छन्। दुई करोड लगानी रहेको यस फिल्ममा अनुप थापा, यमुना खरेल र राज केसी सह-निर्मातामा रहेका छन्। विवेक पाण्डेको कथा, पटकथा तथा संवाद रहेको फिल्ममा आलोक शुक्लाको छायांकन, निमेष श्रेष्ठको सम्पादन, सम्राट बस्नेतको 'एक्सन' रहेको छ।

हेर्नुहोस् गीत :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.