|

सोलुखुम्बु : सगरमाथा आरोहणमा सकेर फर्कने क्रममा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोलुखुम्बु पासाङल्हामु-१ का ३६ वर्षीय डोमा सार्की सेर्पा (आइसल्यान्ड) छन्। हिमालयन यसोसियसन कम्पनीबाट सगरथामाथा आरोहणमा आएका उनी क्याम्प ३ पुगेर फर्कने क्रममा हिउँमा चिप्लिएर लडेर घाइते भएका थिए। 

लडेर घाइते उनलाई उपचारका लागि माउन्टेन मेडिकल नाम्चे बजार लगिएको थियो। उपचारकै क्रममा सोमबार राति उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी प्रद्युम्नकुमार अधिकारीले जानकारी दिए।
 

सगरमाथा आरोही दुई विदेशी नागरिकको मृत्यु 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.