|

काठमाडौ‌ : साढे ३३ किलो सुन तस्करीका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीलाई पक्राउपछि मंगलबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ। उनलाई मंगलबार बिहान ५:३० बजे काठमाडौं महानगरपालिका-८ गौरीघाटबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। 

उनलाई मंगलबारै यति एयरलाइन्सको जहाज चढाएर विराटनगर पुर्‍याइएको छ। उनलाई आजै जिल्ला अदालत विराटनगरमा पेश गरिने प्रहरीले जनाएको छ। अदालतमा पेश गरेपछि म्याद थपेर अनुसन्धान गरिनेछ। पक्राउ परेको २४ घण्टा भित्रमा अदालतमा पेश गर्नुपर्ने कानुनी व्यवस्था छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.