|

काठमाडौं : फिल्म 'जय शम्भु'को दुई वटा पोष्टर सार्वजनिक गरिएको छ। प्रचार-प्रसारको सुरुवात भन्दै निर्माण युनिटले दुई पोष्टर सार्वजनिक गरेको हो। सार्वजनिक पोष्टरमा दुई फरक 'थिम' देख्न सकिन्छ। पहिलो पोष्टरमा अनुपविक्रम शाही र वर्षा सिवाकोटीलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ भने दोस्रो पोष्टरमा अनुप र वर्षासँगै फिल्मका अर्का मुख्य कलाकार प्रशान्त तम्रकारलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ।

भाद्र १ गतेबाट प्रदशर्नमा आउने यस फिल्मलाई रुपेश तमाङले निर्देशन गरेका छन्। दिनेश शाही प्रस्तुतकर्ता रहेको 'जय शम्भु'मा अरविन्द्रमान शाक्य निर्माताको रुपमा रहेका छन् भने चक्र पाख्रिन कार्यकारी निर्माताको रुपमा रहेका छन्। फिल्ममा कुशल शर्मा र शिक्षा काफ्ले पनि लगानी रहेको छ।

टंक बुढाथोकीको संगीत रहेको फिल्ममा रामजी लामिछानेको नृत्य, श्री श्रेष्ठको एक्शन, हरि घले लामाको छायाँकन र बनिश शाहको सम्पादन रहेको छ। फिल्ममा रोशन महर्जन, करुणा पाण्डे, रश्मी भट्ट, बसन्त भट्ट, राज कुमार थापा, कालु रानाको पनि भूमिका रहेको छ।

एक्शन लभस्टोरी भनिएको फिल्मको बजेट निकै उच्च भएको निर्माण पक्षले बताएको छ। निर्माण टिमले फिल्मलाई अष्ट्रेलिया, दुबई, थाईल्याण्ड, हङकङ लगायतका देशहरुमा पनि विशेष शो गरिने जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.