|

ओखलढुंगा : ओखलढुंगामा भूतपूर्व भारतीय सैनिक संघद्वारा सञ्चालित एम्बुलेन्सले यात्रु बोक्ने गरेको गरेको पाइएको छ। मंगलबार सहायक प्रमुख जिल्ला अधिकारी तुक्ति शेर्पाले नौ जना यात्रु बोकिरहेको अवस्थामा बा ९ च ५४४७ नम्बर प्लेटको एम्बुलेन्स फेला पारेपछि उक्त रहस्य बाहिर आएको हो। 

सामाजिक सेवाका नाममा भन्सार छुटमा ल्याइएको उक्त एम्बुलेन्सले नौ जना यात्रु र यात्रुका सामानहरू बोकिरहेको अवस्थामा फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी शेर्पाले बताए। एम्बुलेन्स सञ्चालन नीति २०६० विपरित यात्रु बोकेको भेटिएपछि प्रशासन कार्यालयले एम्बुलेन्सलाई कारबाहीका लागि ट्राफिक प्रहरीलाई निर्देशन दिएको बताइएको छ।

सो एम्बुलेन्सले गोरुमारेभञ्ज्याङ–बेतिनी रूटमा नियमित यात्रु बोक्ने गरेको स्थानीयहरू बताउँछन्। जिल्ला प्रहरी कार्यालयले यात्रु बोक्ने एम्बुलेन्सलाई तत्काल कारबाहीको प्रकृया थालेका जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रमुख अनन्तराम शर्माले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.