|

पाल्पा : नेपाल पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले पाल्पाको रानीमहल संरक्षणको जिम्मेवारी स्वामित्व स्थानीय सरकारलाई नै दिने तयारी भइरहेको बताए। मन्त्री अधिकारीले एक महिनाभित्र रानी महल संरक्षण र पर्यटन प्रवर्द्धनको जिम्मेवारी स्थानीय सरकारलाई नै दिने  जानकारी दिएका छन्। 

पाल्पाली संगम काठमाडाैंले मंगलबार रानीमहल परिसरमा आयोजना गरेको ‘पाल्पाको पर्यटन प्रवर्द्धनका लागि सञ्चार अभियान’ विषयक अन्तरक्रियामा मन्त्री अधिकारीले रानी महलको संरक्षण र पर्यटन प्रवर्द्धनका लागि स्थानीय निकायले प्रभावकारी भूमिका खेल्न सक्ने बताएका हुन्। मन्त्री अधिकारीले भने, ‘रानी महलको पुरानाे इतिहास छ। यस्ताे एेतिहासिक पर्यटकीय क्षेत्रलाई बचाइराख्न जरुरी छ। यस्ता बहुमूल्य सम्पदाकाे संरक्षणका लागि स्थानीय सरकार नलागी हुन्न। त्यसैले स्थानीय सरकारलाई संरक्षणको जिम्मेवारी दिन अावश्यक छ।’

मन्त्री अधिकारीले पुरातत्व विभागले ताेकेकाे  मापदण्ड अनुसार स्थानीय सरकारलाई नै  हस्तान्तरण गर्ने प्रक्रिया अगाडि बढाइएकाे बताए। यद्यपि यसलाई संरक्षण गर्नुपर्ने, जस्ताको त्यस्तै राख्नुपर्ने, पुरातत्वको संरचना विगार्न नपाइने लगायतको शर्तसहित तानसेन नगरपालिकालाई हस्तान्तरण गर्न लागेको पनि उनले बताए। मन्त्री अधिकारीले भने, ‘रानीमहल स्थानीयको सम्पत्ति हो। यसलाई स्थानीयले संरक्षण गर्नुपर्छ। यसको विकासमा केन्द्र सरकारले पनि सहयोग गर्छ।’ 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.