|

काठमाडौं : बुटवल पावर कम्पनी (बिपिसी) ले आफ्ना शेयरधनीलाई करीब रु ४४ करोड नगद लाभांश वितरण गर्ने भएको छ।

कम्पनीको मंगलबार सम्पन्न २५औँ वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरेको हो। कम्पनीले केही समय पहिले एफपिओ बिक्री गरेपछि चुक्ता पुँजी रु दुई अर्ब २१ करोड पुगेको छ। कम्पनीमा ८८ हजार शेयरधनी छन्। कम्पनीले आर्थिक वर्ष २०७३/७४ मा रु ६६ करोड ८० लाख मुनाफा कमाएको थियो।

उक्त मुनाफाबाट नगद लाभांश दिने निर्णय गरेको हो। कम्पनीको गत चैत २५ गते बसेको सञ्चालक समिति बैठकले लाभांश दिने निर्णय गरेको थियो। कम्पनीले केही दिनअघि मात्रै चिनियाँ साझेदार लगायतको संयुक्त लगानीमा जलविद्युत् आयोजना निर्माण गर्ने योजना अघि सारेको छ।

कम्पनीले मनाङमा ६०० मेगावाटको माथिल्लो मस्र्याङ्दी र २८२ मेगावाटको मनाङ–मस्र्याङदी निर्माण गने तयारी गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.