|

काठमाडौं : गोरे  चर्चित पूर्व फुटबलर पनि हुन्। मोरङ ११ लगायत विभिन्न क्लबमा आवद्ध भएर उनले फुटबल खेलिसकेका छन्। राम्रो फुटबलर भएकै कारण जाउलाखेल युथ क्लबले पटक पटक गोरे माथि नजर पनि नलगाएको हैन। तर उनलाई मोरङ ११ ले उम्कन दिएन। फुटबल खेल्न छाडेर उनी भारतीय सेनामा भर्ना भएका थिए। त्यहाँ तीन वर्ष काम गरेपछि दुवईको अवुधावी पुगेर त्यहाँको प्रहरीको काम गर्न थालेकाे खबर अन्नपूर्ण दैनिकमा छ। 

उनका बारेमा जानकारी राख्ने एक व्यक्तिका अनुसार पाँच वर्ष दुवई बसेर उनी त्यहींबाट सुन पठाउने र हुण्डी कारोवार संचालन गर्ने धन्दामा संलग्न हुन थाले। त्यसपछि नेपाल फर्किएर दुवई, सिंगापुर लगायतका मुलुकबाट पठाएका सुन नेपालका विभिन्न ठाउँमा सप्लाई गर्ने धन्दामा उनको संलग्नता रहयो।

‘पहिले उहीं बसेर सुन पठाउने काम गर्ने गरेको पाइयो,’ घटनाको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘पछि ऊ आफै नेपाल फर्किएर मुख्य कारोवारी भएर सुन तस्करी गर्न थालेको पत्ता लागेको छ।’ मोस्टवाण्टेड हुँदाहुँदै पनि प्रहरीका उच्च अधिकारीसँग उनको नियमित सम्पर्क भएको कुरा छानविन समितिले पत्ता लगाएको छ।

सनमको हत्या हुनु अघि एक वर्षदेखि उनी उर्लाबारी लगायत पूर्वका विभिन्न ठाउँमा घुमिरहेका भेटिन्थे। उर्लाबारीका एक युवाले भने, ‘प्रहरीको संरक्षण नभएको भए उनी कसरी खुल्लेआम रुपमा हिँड्न सक्थे ?’

सनमको हत्या भएपछि शवको व्यवस्थापन गर्ने विषयमा पनि उनले प्रहरी अधिकारीहरुलाई सम्पर्क गरेर सल्लाह मागेको अनुसन्धानका क्रममा खुलेको छ। पक्राउ परेका निलम्बित एसपी विकासराज खनालले शव ल्याएर गाडी सहित त्रिशुलीमा फालिदिनू भनेर सिकाएको फोन रेकर्ड समेत छानविन समितिले फेला पारिसकेको छ। पक्राउ परेकाहरूले दिएको बयान अनुसार सनमको हत्या भएपछि शव धरान र इटहरीको बीचमा रहेको चार कोषे झाडीमा गाड्ने तयारी पनि गरिएको थियो।

त्यस्तै नागरिक दैनिकमा आफन्तकै सहयोगमा गोरे पक्राउ भन्ने खबर छापेको छ। 

३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणी उप्रेती गोरे आफन्तकै सहयोगमा पक्राउ परेका छन्।

एक साताअघि गोरेको परिवारका सदस्यसँग सम्पर्क भएको देखिएपछि उच्चस्तरीय  छानबिन समितिका सदस्यहरुले आत्मसमर्पण गराइदिने आश्वासन प्रहरीलाई दिएका थिए। यो आश्वासनपछि प्रहरीले आफन्तकै सहयोगमा गोरेलाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो। 

केही दिनअघि भारतको सिलगुढीस्थित आफन्तको घरमा गएका गोरेले आफू निर्दोष रहेको तर सबै दोष आफूमाथि लगाइएको बताएका थिए। 

गोरेले यस्तो दिए बयान भन्ने खबर  नेपाल समाचारपत्र दैनिकमा छापिएको छ। 

तस्करीको साढे ३३ किलो सुन प्रकरणका मुख्य अभियुक्त गोरेले बाहिर आए जस्तो आफू ठूलो सुन तस्कर नभएको छानबिन समितिलाई बयान दिएको बताइएको छ। छानबिन समितिका एक सदस्यका अनुसार गोरेले बयानमा आफूले तस्करीको सुन व्यवस्थापन गर्ने मात्र काम गर्ने बताएका थिए।

गोरेको भनाई उद्दृत गर्दै स्रोतले भन्यो ‘मभन्दा माथि काम गर्ने अरु पनि छन्।’ उनले एकै दिनमा ८६ किलोसम्म सुन विमानस्थलबाट बाहिर ल्याएको समितिलाई बयान दिएका छन्। 

त्यस्तै कारोबार दैनिकले गोरेले लिए नेताको नाम भन्ने खबर छापेको छ। 

विमानस्थलबाट भित्रिएको ३८ क्विन्टल सुन तस्करका नाइके गोरेले सेटिङमा उपल्लो तहका नेताको संलग्नता रहेको बयान दिएका छन्। 

गृह मन्त्रालयका सहसचिव इश्वर पौडेको संयोजकत्वमा गठित छानबिन समिति समक्ष गारेले तस्करीमा विमानस्थलका कर्मचारी पहरी र सत्ताको पहुँच र प्रभाव भएका नेताहरुको संरक्षणमा नै सुन ओसारपसार हुने गरेको रहस्य खोलेका हुन्। तर तस्करीमा कुनकुन नेताको संलग्नता छ भन्नेबारे समितिले कुनै तथ्य बाहिर ल्याएको छैन्। 

जीवनरक्षाको माग  गर्दै गोरेको भिडियो भन्ने खबर  नयाँ पत्रिका दैनिकले लेखेकाे छ। 

चूडामणि उप्रेती । मेरो घर इटहरा । काठमाडौंमा बस्छु । तीन महिनादेखि सनम हत्याकाण्ड र ३३ केजी सुनकाण्डको जुन चर्चा भइरहेको छ, यसमा सबै गोरे–गोरे भनेर समाचार आइरहेको छ । यसमा म बिल्कुलै निर्दोष छु । विगत दुई वर्षदेखि मैले मेरो सबै काम सनमलाई दिएको हो । काम उसैले गथ्र्यो । जुनवेला सामान चोरी भयो, म कोलकातामा थिएँ । मलाई थाहा थिएन ।

म पुगेको दिन सामान हराएको भनेर मैले सुनेँ । त्यसपछि म काम सकेर फर्किएँ । अनि खोज्न सुरु गरेँ । एयरपोर्टका स्टाफ बोलाइयो, सोधखोज भयो, खुवाइयो, तर यातना दिइएन । त्यसका प्रमाण छन् मसँग पनि । सोध्दै जाँदा म भएको भए सनम मर्दैनथ्यो होला, त्यस्तो हुन दिन्नथेँ । कुटपिट, झैझगडा, खानपिन भइरहन्थ्यो ।

संगठीत सुन तस्करी, पर्दापछाडि को–को भन्ने खबर कान्तिपुर दैनिकमा छापिएको छ। 

संगठित सुन तस्करीका मुख्य अभियुक्तका रुपमा प्रहरीले सर्वाधिक खोजी सुचीमा रहेका गोरे, भनिने चुडामणि उप्रेती पक्राउ परेका छन् । उनी काठमाडौंको गौरीघाटस्थ्ति आफ्नै घरनजिकबाट गलबार बिहान साढे पाँच बजेतिर पक्राउ परेका हुन ।

पक्राउपछि गोरेले आफु सुन व्यवस्थापन मात्रै गरेको र तस्करीमा आफुभन्दा माथि धेरै जना रहेको खुलाएको स्रोतले बतायो । सुन तस्करीमा प्रहरीसँग सहयोग लिएको र त्यवापत आफुले रकम दिने गरेको पनि उनले पुष्टि गरेका छन् । पक्राउपछि गोरेले अनौठो व्यवहार देखाएको समितिका एक सदस्यले भने ।

एकैछिनमा रुने, गम्भीर हुने र मरौँमरौँ लागेको बताउने गरेका छन्, ती सदस्यले भने, प्रहरीसमक्ष मलार्य बचाईदिनुस् भन्दै रोए । प्रारम्भिक बयानमा गारेले समातिएकाहरु सबै सुन तस्करीमा संलग्न रहेको स्वीकारे पनि माथिलो तहबारे खुलाएको छैनन् ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.