|

काठमाडौं : सरकारले सार्वजनिक सोमबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग एक वर्षभित्र निर्माण सुरु गर्ने घोषणा गरेको छ। उक्त घोषणाको एक दिनपछि चीनले केरुङ–काठमाडौं रेल सञ्चालनबारे सम्भाव्यता अध्ययन सुरु गरेको समाचारलाई दैनिक पत्रपत्रिकाहरुले महत्त्वका साथ प्रकाशन गरेको छ।

राजधानी दैनिकले यस समाचारलाई अग्रपृष्टमा स्थान दिएको छ। केरुङ–काठमाडौं रेल सञ्चालनबारे चिनियाँ प्राविधिक टोलीले काठमाडौंको टोखाबाछट रेल परियोजनाको प्रारम्भिक अध्ययन सुरु गरेको उल्लेख गरेको छ। यसका लागि सात सदस्यीय चिनियाँ प्राविधिक टोली काठमाडौंमा आएको छ। 

केरुङ–काठमाडौं ७५ किलोमिटर रेलमार्ग बनाउन तीन खर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको भनी कारोबार दैनिकले समाचार छापेको छ। तर, आर्थिक अभियान दैनिकले उक्त रेलमार्ग सम्भावित १०० किलोमिटर हुने प्रक्षेपण गरिएको उल्लेख गरेको छ। उक्त रेलमार्ग निर्माणको स्थलगत अध्ययनका लागि रेल विभागका इन्जिनियर र चीनबाट आएको प्राविधिक टोलीले प्रक्रिया सुरु गरिसकेको विभागका प्रवक्ता प्रकाशभक्त उपाध्ययले भनाइ राखिएको छ।

टोली कम्तीमा एक सातादेखि १० दिनसम्म लगाएर सम्भावित भौगर्भिक बनावट, रेखांकन र उपयुक्त विकल्पको अध्ययन गर्न आएको समाचार अन्नपूर्ण दैनिकको आर्थिक पृष्टमा छ। यस्तै, गोरखापत्र दैनिकले पनि आर्थिक पृष्टमा रेलमार्गको सम्भव्यता अध्ययनबारे समाचार प्रकाशन गरेको छ। उसले चिनियाँ कम्पनीद्वारा रेलमार्गबारे नेपाललाई गरिएको प्रस्तावअनुसार रसुवागढी–काठमाडौंसम्मको कुल लम्बाइ १०५ किलोमिटर हुनेछ भने रेलको गति प्रतिघण्टा १२० किलोमिटर हुनेछ भन्ने समाचारमा उल्लेख गरेको छ। यस्तै, यो रेलमार्गमा रेलले ९०.२ किलोमिटर सुरुङ, ६.५४ किलोमिटर पुलमाथि र ८.२६ किलोमिटर भूसतहको दूरी तय गर्ने उल्लेख छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.